काठमाडौं, ५ पुस । डिसेम्बर १३ देखि श्रीलंकामा आयोजना भएको यु–१९ एसिया कप क्रिकेट खेल्न गएका नेपाली टोली आज स्वदेश फर्किंदै छन् । नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बेलुका साढे ८ बजे काठमाडौं आइपुग्ने छ ।
समूह चरणबाटै बाहिरिएको नेपाली टोली तीन खेलमा एकमा मात्रै विजयी भएको थियो । मलेसियालाई एक विकेटले हराएको नेपाली टोली भारतसँग ६ विकेट तथा श्रीलंकासँग एक रनले हारेको थियो ।
नेपाली क्रिकेट टोली आज फर्कदै
0
Share.
Comments