काठमाडौं । भारतको उत्तर प्रदेशका होमगार्ड मन्त्री तथा पूर्व क्रिकेटरको निधन भएको छ । आइतबार नेपाली समय अनुसार दिउँसो ४ः४५ मन्त्री ७३ वर्षीय चेतन चौहानको मृत्यु भएको हो ।
घाटी र छातीमा समस्या देखिएपछि गुरुग्रामको मेदान्त अस्पतालमा उपचार गराइरहेका उनको मृत्यु भएको बताइएको छ । उनको मृत्यु कोरोना संक्रमणका कारण भएको हुनसक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
चौहानको मृत्युलाई लिएर उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथले गहिरो समवेदना व्यक्त गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments