काठमाडौं । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा भएको छ ।शनिबार राति भएको अन्तिम क्वाटरफाइनलबाट लियोनले जित निकालेसँगै च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।
अन्तिम क्वाटरफाइनलमा फ्रेन्च क्लब लियोनले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यस सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा जर्मन र फ्रेन्च क्लबले मात्र स्थान बनाउन सक्यो ।
जर्मन क्लब बायर्न म्युनिख र आरबी लाइपजिग तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० र लियोनले सेमिफाइनलमा स्थान बनाएका छन् । अब पहिलो सेमिफाइनलमा पीएसजीले लाइपजिगसँग अगस्ट १९ मा खेल्नेछ । यस्तै बायर्नले लियोनसँग अगस्ट २० मा खेल्नेछ ।
च्याम्पियन्स लिगको सेमिफाइनमा दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो देखिने छैनन् । १५ वर्षपछि मेस्सी र रोनाल्डोबिना च्याम्पियन्स लिगको सेमिफाइनल खेल हुन लागेको हो ।
सन् २००४ :०५ सिजनपछि मेस्सी र रोनाल्डो प्रतियोगिताको अन्तिम चारमा प्रवेश नगरेको यो पहिलो अवसर हो । मेस्सीको टिम बार्सिलोना क्वाटरफाइनलमा बायर्नसँग पराजित भएको थियो । यस्तै रोनाल्डोको टिम युभेन्ट्स अन्तिम १६ मा लियोनसँग स्तब्ध बनेको थियो ।
मेस्सीले हालसम्म चार पटक च्याम्पियन्स लिग जितेका छन् । यस्तै रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments