काठमाडौं । बार्सिलोनाका डिफेन्डर स्यामुयल उम्टिटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले आफ्ना डिफेन्डर कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको हो । उम्टिटी च्याम्पियन्स लिगको बायर्न म्युनिखबिरुद्धको टिममा छैनन् ।
फ्रान्सेली डिफेन्डर पछिल्लो समय चोटका कारण खेलमा फर्कन संघर्षरत छन् । बिहिबार अभ्यास मैदानमा उनमा संक्रमण देखिएको हो । उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । लगत्तै उनलाई घरमा एकान्तबासमा पठाईएको छ ।
उम्टिटी कोरोना देखिने बार्सिलोनाका दोस्रो खेलाडी हुन् । च्याम्पियन्स लिगको तयारीको क्रममा बिहिबार गरिएको परिक्षणको क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
‘बिहिबार गरिएको पीसीआर परिक्षणमा उम्टिटीमा कोरोना परिक्षण पोजेटिभ देखिएिको छ । उनमा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य ठिक छ । उनी एकान्तबासमा रहेका छन् ।’ क्लबले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
‘क्लबले सम्बन्धित खेल अधिकारी र स्वास्थ्य अधिकारीलाई जानकारी गराएको छ । र उनीसंग सम्पर्कमा आएका सबै मानिसको खोजी गरिएको छ । र उनीहरुलाई पीसीआर परिक्षणको दायरामा राखिएको छ ।’ क्लबले भनेको छ ।
बार्सिलोनाको टिमबाट बाहिर रहेको उम्टिनी बुधबारबाट क्लबको प्रि सिजन अभ्यासमा फर्किएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३१ शनिबार
Comments