काठमाडौं । पेरिस सेन्ट–जर्मेन पिएसजीका केलियन एमबाप्पे बुधबार राति लिस्बोनमा हुने च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा मैदानमा उपलब्ध हुने सम्भावना बढेको छ ।
एमबाप्पे गोलीगाँठोको चोटबाट मुक्त भएको प्रशिक्षक थोमस टुसिलले बताएका छन् । अरु कुनै समस्या नदेखिएमा उनी मंगलबार राति एट्लान्टासँगको क्वाटरफाइनलमा मैदानमा उपलब्ध हुने उनले बताएका छन् ।
तर एमबाप्पेलाई पूर्ण समय प्रयोग गर्ने वा अत्यावश्यक नभइ प्रयोग गर्ने सम्भावना भने कम रहेको प्रशिक्षक टुसिलले स्पष्ट पारेका छन् । गएको जुलाई २४ मा फ्रेन्च कपको फाइनलको क्रममा २१ वर्षका एमबाप्पे चोटग्रस्त भएको थिए। एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २८ बुधबार
Comments