काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीको कोरोना परिक्षण गरिएको छ ।
लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार ११ खेलाडीको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।
एन्फाले ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ ।
सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको छ ।
यस्तै फिजियो आविश्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको परिक्षण गरिएको छ । बाँकी खेलाडी र फिसियलको कोरोना परिक्षण मंगलबार गरिने जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार
Comments