काठमाडौं । पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरसको संक्रमण भएको छ। उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरेका दासले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला अरुलाई पनि सुरक्षित राख्नुहोला।’
दाससँगै उनका बुबा र आमालाई पनि कोरोना सक्रमण पुष्टि भएको छ। हाल सप्तरीमा व्यवसाय गर्दै आएका दासले सन् २००२ मा यु–१५ र २००४ मा यु–१७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए।
प्रकाशित मितिः २०७७ साउन २५ आइतबार
Comments