काठमाडौं । आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले आइभरी कोस्ट फुटबल फेडेरेसनको अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
आइभरी कोस्ट एफएको नयाँ अध्यक्षका लागि ड्रोग्बाले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । पूर्व स्टार ड्रोग्बाले हजारौं समर्थकसँगै एफएको हेडक्वाटर पुगेर उम्मेदवारी दिएका हुन् । ४२ वर्षीय ड्रोग्बा अध्यक्षमा उम्मेदवारी दिने चौंथो उम्मेदवार हुन् ।
ुफुटबल सबैको खेलकुद हो । फुटबलले मानिसलाई एकजुट बनाउछ । हामी आज देख्न सक्छौं मानिसहरु फुटबलका लागि हेडक्वाटर अघि भेला भएका छन्,ु ड्रोग्बाले उम्मेदवारी दर्ता गरेपछि भनेका छन् ।
नयाँ अध्यक्षको लागि अर्को महिना निर्वाचन हुँदैछ । निर्वाचनमा चेल्सीका पूर्व स्ट्राइकर समेत रहेका ड्रोग्बालाई मुख्य उम्मेदवार मानिएको छ ।
ड्रोग्बाले सन् २००२ देखि १४ सम्म आइभरी कोस्टका लागि खेलेका थिए । उनले १०५ खेलमा ६५ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २० मंगलबार
Comments