काठमाडौं । गत बर्ष नेपालमै आयोजना भएको १३ औँ साग खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक विजेता एवम् नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका उत्कृष्ट खेलाडी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । ललितपुरस्थित होटल भिभान्तामा एक अनौपचारिक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यता, धादिङ जिल्ला फुटवल संघ का अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सन का प्रोपाइतर, गुड विल बिलदर्स का ऋइ कराँते खेलका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा पाँच लाख हस्तान्तरण गरी सम्मान गरिएको जानकारी दिइएको छ ।
उक्त कार्यक्रममा गजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङ का अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका ऋभ्इ रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलले सहभागीता जनाएका थिए ।
प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार
Comments