काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपिएल) क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।
अन्तर्राष्ट्रिय उडान अनिश्चितताका कारण सन्दीपको सीपिएल क्रिकेटमा सहभागिता अनिश्चितजस्तै बनेको थियो। प्रतियोगिता सुरु हनुभन्दा केही साताअघि नै त्यहाँ पुगिसक्नु प्रावधान छ, क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले।
कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत उनी अमेरिका हुँदै क्यारेबियन पुग्नेछन्। सन्दीप अगष्ट १ तारिखमा त्यहाँ पुग्नेछन्। सीपिएल आयोजकले सम्पुर्ण खेलाडीलाई अगष्ट १ तारिखसम्म आईपुग्न समयसिमा दिएको थियो।
सीपिएलमा यसपटक सन्दीप जमैका तल्लावाजबाट खेल्दैछन्। उनलाई ९० हजार अमेरिकी डलरमा तल्लावाजले आबद्ध गरेको हो।सीपिएल अगस्ट १९ तारिखदेखी सुरु हुँदै छ।
प्रकाशित मितिः २०७७ साउन १४ बुधबार
Comments