काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीको नेपाली अधिकारिक समर्थन समूहले प्रशिक्षक सल्यान खड्गीलाई सम्मानित गरेको छ । चेल्सी नेपाली सपोर्टर्स क्लबद्वारा प्रशिक्षक खड्गी एन्फा कम्प्लेस सातदोबाटोमा एक कार्यक्रमकाबीच सम्मानित गरेको हो ।
चेल्सी नेपालले खड्कीलाई चेल्सीले क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तानतरण गरेको हो । उक्त जर्सी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिंग शेर्पाले हस्तान्तरण गरेका हुन् ।
सम्मानित भएपछि प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप उर्जा प्राप्त हुने बताए । उनले पछि परेको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मानले थप उर्जा मिल्ने बताए ।
त्यसै एन्फाका अधक्ष शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए । उनले समर्थनलाई मैदानमै आएर नेपाली फुटबललाई पनि समर्थन गर्न आह्वान समेत गरे ।
खड्गीले गत साता मात्र एएफसी ए लाइसन्स कोचिङ कोर्स पुरा गरेका थिए । खड्गीले प्रशिक्षकको रुपमा संकटा क्लबमा रहदा २०७५ शहीद समराक ए डिभिजन लिगमा क्लब दोस्रो भएको थियो ।
प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार
Comments