काठमाडौं । स्टर सिटीका स्ट्राइकर जेमी भर्डीले इंग्लिस प्रिमियर लिगमा गोल्डेन बुट जितेका छन् । यो सिजनमा सर्वाधिक गोल गरेर उनले गोल्डेन बुट जितेका हुन् ।
३३ वर्षका भर्डीले यो सिजन लिगमा २३ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा रहन सफल भएका हुन् । उनी प्रिमियर लिगमा सबैभन्दा बढी उमेरमा गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् ।
उनले आर्सनलका पिएर एमरिक तथा साउथह्याम्पटनका ड्यानी इनग्सलाई पछि पारेर गोल्डेन बुट जितेका हुन् । दुवै खेलाडीले २२ गोल गरेका छन् । प्रिमियर लिगमा गोल्डेन बुट जित्ने वा साझा गर्ने भर्डी नवौँ इंग्लिस खेलाडी बनेका छन् ।
गएको सिजन लिभरपुलका साडिओ माने र मोहम्मद सालह तथा आर्सनलका पिएर एमरिकले समान २२ गोल गरेर संयुक्त रुपमा गोल्डेन बुट जितेका थिए ।
यो सिजन भने अन्तिम खेलमा गोल गर्न नसकेर पनि भर्डी अरु भन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमै रहे । अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएको लेस्टर सिटीले शीर्ष चारमा स्थान बनाउन सकेन । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन १२ सोमबार
Comments