काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का युवा स्ट्राइकर केलियन एम्बाप्पेको दायाँ खुट्टामा लागेको चोट गम्भीर रहेको क्लबले जनाएको छ । एम्बाप्पले गते शुक्रबार कप डे फेन्चको फाइनलमा सेन्ट एटिएनविरुद्धको खेलमा लेइस पेरिनले खराब ट्याकल गरेपछि एम्वाप्पेले खुट्टामा चोट बाकेका हुन् ।
सो खेलमा पिएजीले एटिएनमाथि १–० को जित निकाल्दै उपाधि आफ्नो नाममा गराएको थियो । एम्बाप्पेको चोट गम्भीर रहेकाले ७२ घण्टा डाक्टरहरुको निगरानीमा राखिने क्लबले जनाएको छ । यो चोटसँगै एम्बाप्पेले फेन्च लिग कपको फाइनल तथा च्याम्पियन्स लिगका बाँकी खेल गुमाउने सम्भावना बढेको छ ।
पिएसजीले फेन्च लिग कपको फाइनलअन्गर्तत जुलाई ३१ मा लियोन तथा अगस्ट १२ मा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा एटलान्टासाग प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ११ आइतबार
Comments