काठमाडौं । राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत संयुक्त छनोट खेल्ने टोलीका खेलाडी, अफिसियलसहित ७० जनाको कोरोना परीक्षण गरिने जनाएको हो ।
आज पाटन अस्पतालमा खेलाडीका पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेबारे छलफल गर्न लागिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।
नोबेल कोरोना भाइरस कोभिड१९ को जोखिम कायमै रहँदा अभ्यासमा फर्कनु पर्ने हुँदा फिफाको प्रोटोकल अनुसार प्रशिक्षण गर्न एन्फाले सरकारसँग अनुमति लिइसकेको छ ।
सरकारको अनुमतिपछि एन्फाले खेलाडीहरुको पीसीआर विधिबा६ कोरोना परीक्षण गराएर अभ्यासमा फर्काउने लागेको हो।
प्रकाशित मितिः २०७७ साउन ११ आइतबार
Comments