काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आज आइतबार राति १० खेल हुने भएका छन् । ला लिगाको यस सिजनका अन्तिम खेलहरु आज हुन लागेका हुन् । आज लेगानेसको घरेलु मैदानमा रियल मड्रिडले लेगानेससँग भिड्ने भएको छ ।
आजको खेलमा लिग च्याम्पियन रियलले जित निकाल्ने होडमा छ । त्यस्तै आज नै आलाभेसको घरेलु मैदानमा दोस्रो स्थानको बार्सिलोनाले आलाभेससँग भिड्दैछ । त्यस्तै भिया रियलले इबरसँग खेल्दा भालाडोलिडले रियल बेटिससँग खेल्नेछ ।
त्यस्तै एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग र ग्रानाडाले एथ्लेटिक क्लबलाई आतिथ्यता प्रदान गर्दै छ । त्यस्तै ओसासुनाले मालोर्कासँग र लेभान्टेले गेटाफेसँग भिड्दैछ । त्यस्तै स्पानियोलले सेल्टा भिगोसँग र सेभियाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०४ आइतबार
Comments