काठमाडौं । खेल पोशाक कम्पनी नाईकले भारतीय क्रिकेट टिमसंग सम्झौता नविकरण नगर्ने भएको छ । चालू सम्झौता सेप्टेम्बरमा सकिन लागेको नाईकले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)संग सम्झौता नविकरण नगर्ने जनाएको हो ।
वर्तमान पोशाक प्रायोजक नाईकको भारतीय क्रिकेटसंगको सम्झौता सेप्टेम्बरमा सकिदैछ । नाईकले सम्झौता नविकरण नगर्ने प्रष्ट पारिसकेको छ । बीसीसीआईको पछिल्लो एपेक्स काउन्सिल बैठकमा पोशाक प्रायोजन सम्झौताको बिषयमा गम्भिर छलफल भएको थियो ।
नाईकसंग बीसीसीआईको चार बर्षका लागि ३ सय ७० करोड रुपैयाँको सम्झौता रहेको थियो । जसमा ३० करोड रुपैयाँ रोयल्टी समेत प्राप्त हुने सम्झौता थियो ।
नाईकले अक्टोबरबाट सुरु हुने नयाँ सम्झौताका लागि प्रस्ताव नगर्ने प्रष्ट पारेको छ । सोही अनुसार बीसीसीआईले पोशाककालागि नयाँ टेण्डर आह्वान गर्ने तयारी गरेको छ । टेण्डरमा नाईकले समेत नयाँ प्रस्ताव पेश गर्न सक्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०४ आइतबार
Comments