काठमाडौं । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले शुक्रबार जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेलकुदको कुम्भमेलाको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण एक वर्ष सरेको ओलम्म्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ । यस अघि टोकियो ओलम्पिक यस्तै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो ।
प्रकाशित मितिः २०७७ साउन ०३ शनिबार
Comments