काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुल आर्सनलसँग पराजित भयो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले लिभरपुललाई २–१ पराजित गरेको हो ।
लिभरपुलले सुरुवाति अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । २० औँ साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लियो ।
तर त्यसलाई जोगाउन सकेन । ३२ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले आर्सनलका लागि बराबरी गोल गरे । ४४ औँ मिनेटमा नेलसनले गोल गरेर आर्सनललाई २–१ को जित दिलाए ।
हारपछि च्याम्पियन लिभरपुलको ३६ खेलबाट ९३ अंक छ । जित निकालेको आर्सनल ३६ खेलबाट ५३ अंकसहित नवौँ स्थानमा छ ।
प्रकाशित मितिः २०७७ साउन १ बिहिबार
Comments