काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ३३ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागु भएसँगै राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी तथा प्रशिक्षकहरूले खेल संघबाट राजीनामा दिएका हुन् ।
कुल ९४ कर्मचारी र प्रशिक्षक खेलकुद संघमा आबद्ध छन् । उनीहरूमध्ये हालसम्म ३३ जनाले राजीनामा दिएका हुन् । राखेपमा कार्यरत कर्मचारी करिब ६ खेलकुद संघमा आबद्ध थिए । नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने नियम छ ।
परिषदमा आबद्ध ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न ५६ पदबाट राजीनामा दिइसकेका छन् ।
अब राखेपका कर्मचारी, प्रशिक्षकले खेल संघहरूमा आबद्ध हुन पहिले राखेपको कर्मचारी तथा प्रशिक्षक पदबाट राजीनामा दिनु पर्नेछ । राखेपले आफ्ना कर्मचारीलाई विभिन्न खेल संघमा आबद्ध हुँदा सहज हुने भन्दै खेलकुद संघमा पठाउने गरेको थियो ।
अब जिल्ला संघमा आबद्ध कर्मचारीले राजीनामा दिन बाँकी छ । हालसम्म मोरङ जिल्ला संघमा आबद्ध कर्मचारीको मात्रै राजीनामा आएको छ ।
प्रकाशित मितिः २०७७ असार ३० मंगलबार
Comments