काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल क्लब क्रिष्टल प्यालेसका फरवाड विल्फ्रेड जाहालाई सामाजिक सञ्जालमा रंगभेदी सन्देश पठाउने १२ वर्षका बालक पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धानको क्रममा जाहालाई रंगभेदी सन्देश पठाउने बालकलाई पक्राउ गरेको बिबिसीले उल्लेख गरेको छ । जाहाले आइतबार राति एस्टन भिल्लासँगको खेलका लागि निस्कनु पूर्व सामाजिक सञ्जालमा आफूलाई धेरै दुर्व्यहारयुक्त सन्देश आएको खुलाएका थिए ।
जाहाका म्यानेजर रोय हड्सनले सो दुर्व्यहारलाई कायर र निच गतिविधि रहेको बताएका छन्। प्रिमियर लिगले २७ वर्षे जाहामाथि भएको दुर्व्यहार पूर्ण रुपमा अस्वीकार्य रहेको बताएको छ।
वेष्ट मिडल्याण्डस प्रहरीले सन्देश पठाउने १२ वर्षे बालकलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २९ सोमबार
Comments