काठमाडौं । भारतका पूर्व क्रिकेटर चेतन चौहानलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । भारतका पूर्व क्रिकेटर आकाश चोपडाले चौहानलाई कोरोना देखिएको पुस्टि गरेका छन् ।
कोरोना देखिएपछि चौहानलाई संजय गान्धी अस्पताल लखनउमा भर्ना गरिएको छ ।चौहानले भारतका लागि ४० टेष्ट र ७ एकदिवसीय खेलेका थिए ।
सन् १९६९ मा डेब्यु गरेका उनले १९८१ सम्म खेलेका थिए ।टेष्टमा २ हजार ८४ रन बनाएका उनले एकदिवसीयमा १ सय ५७ रन बनाएका थिए । ७२ वर्षीय चौहानले महाराष्ट्र र दिल्लीबाट उनले रणजी ट्रफी खेलेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २८ आइतबार
Comments