काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई १–० ले हराएको छ ।घरेलु मैदानमा बेटिस क्लबबिरुद्ध जित निकाल्दै एट्लेटिकोले च्याम्पियन्स लिगको छनोटको यात्रालाई पक्का गरेको हो ।
१० खेलाडीमा सिमिति एट्लेटिको मड्रिडलाई जित दिलाउन डिएगो कोस्टाले ७४ औं मिनेटमा विजयी गोल गरेका थिए ।
उनैको गोल एट्लेटिकोलाई च्याम्पियन्स लिगमा छनोट गराउन पर्याप्त रह्यो । क्लबले आफनो अपराजित यात्रालाई १६ खेलसम्म पुर्याउन सफल भएको छ ।
दोस्रो हाफको सुरुवातमा मारियो हार्मोसो रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो ।
जितसंगै एट्लेटिको ६६ अंक सहित तेस्रो स्थानमा रह्यो । उसले चौथो स्थानको भिल्ला रियलसंग ९ अंकको अग्रता कायम गर्यो । रियल बेटिस ४१ अंक सहित तालिकाको १३ औं स्थानमा रह्यो ।
Comments