काठमाडौं । रियल मड्रिडका डिफेन्डर मार्सेलोले ला लिगको बाँकी सिजन गुमाउन सक्ने देखिएको छ । मांसपेशीको चोटका कारण उनी आल्भेसबिरुद्धको खेलमा समेत देखिएका थिएनन् ।
क्लबले उनको चोटको पुष्टि गर्दै मांसपेशीमा देखिएको समस्याका कारण आल्भेसबिरुद्धको खेलमा मार्सेलो नदेखिएको बताएको छ । क्लबले चोटका कारण मार्सेलो मैदान बाहिर रहने समय बताएको छैन । तर उनी ला लिगाको सिजनको अन्तिमसम्म मैदान बाहिर रहने सक्नेछन् ।
रियल मड्रिडले गत आईतबार एथ्लेटिक क्लबबिरुद्ध प्राप्त १–० को जितमा मार्सेलोले पुरै ९० मिनेट मैदानमा बिताएका थिए । सो खेल लगत्तै क्लबले उनलाई जाँचका लागि मेडिकल सेन्टरमा पठाएको थियो । शुक्रबार मात्र उनको मांसपेशीमा देखिएको चोटको पुष्टि भएको हो ।
रियल मड्रिडको मेडिकल सेवा अन्तर्गत मार्सेलोमाथि गरिएको परिक्षणमा उनको मांसपेशीमा चोट लागेको पत्ता लागेको छ ।ु क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
पछिल्लो चोटसंगै मार्सेलोले ला लिगाको बाँकी सिजन गुमाउन सक्नेछन् । रियलले लिगमा तीन चरणको खेल खेल्न बाँकी छ । र्सेलोले चोटका कारण यस सिजन मात्र १५ खेलमा देखिने मौका पाए । प्रशिक्षक जिनेदिन जिदानले उनको स्थानमा फेरोमे मेन्डेलाई खेलाएका छन् ।
ब्राजिली स्टार मार्सेलो च्याम्पियन्स लिगको दोस्रो लेग अघि निको हुने अपेक्षा गरिएको छ । अर्को महिना रियलले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा सिटीबिरुद्ध खेल्दैछ । घरेलु मैदानमा भएको पहिलो लेगेको खेल रियलले २–१ ले गुमाएको थियो ।
सिटीबिरुद्ध जित निकालेको खण्डमा रियलले च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा युभेन्ट्स वा लियोनबीचको विजेतासंग खेल्नेछ । रियल स्पेनिस लिगको उपाधि नजिक देखिएको छ । उपाधिका लागि रियलले बाँकी तीन खेल मध्य दुई खेलमा जित निकाले पुग्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २७ शनिबार
Comments