काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा टोटेनहम बर्नेमाउथसँग गोलरहित बराबरीमा रोकिएको हो । बर्नेमाउथको मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको हो ।
यस्तै खेलको अन्तिम समयमा बर्नेमाउथले एक गोल गरेको थियो । तर, भीएआरको सहायताबाट रेफ्रीले कलम विल्सनको गोललाई मान्यता दिएन् ।
विल्सनले गोल गर्नु अघि बर्नेमाउथका जोसुवा किङले ह्यान्ड गरेको कारण गोलले मान्यता नपाएको हो। बर्नेमाउथसँगको बराबरीसँगै टोटेनहमले ४९ अंक जोडेको छ । टोटेनहम लिगको नवौं स्थानमा रहेको छ ।
बर्नेमाउथ २८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै एभर्टनले साउथह्याम्पटनसँग १(१ गोलको बराबरी खेल्दै अंक बाडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २६ शुक्रबार
Comments