काठमाडौं । जेमी भार्डीको गोलमा लेस्टर सिटीले प्रिमियर लिग फुटबलमा आर्सनलसंग बराबरी खेलेको छ । मंगलबार राति लेस्टरले लण्डन क्लबसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
भार्डीको गोलले लेस्टरलाई च्याम्पियन्स लिग छनोटको दौडमा बलियो बनाएको छ भने आर्सनलको जितको यात्रामा पूर्णविराम लगाएको छ ।
लण्डन क्लब लगातार पाँचौ खेलमा जित निकाल्ने लक्ष्य सहित मैदान उत्रिएको थियो । पहिलो हाफमा अबुमियाङले गोल गर्दै आर्सनलको अर्को सिजन च्याम्पियन्स लिगको सम्भावनालाई थप बलियो बनाएका थिए ।
अबुमियाङले यस सिजन प्रिमियर लिगमा २० गोल पुरा गरे । खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्सनलले अंक बाँड्न बाध्य भयो ।
लेस्टरका बर्लिनमाथि खराब ट्याकल गरेपछि लण्डन क्लबका एडी नेकटिया रातो कार्ड खादै मैदान छाडेका थिए । खेलको अन्तिम १५ मिनेट आर्सनल १० खेलाडीमा सिमित बनेको थियो । बराबरीको नतिजाले लेस्टर ५९ अंक सहित चौथो स्थानमा झर्यो । आर्सनल ५० अंक सहित सातौं स्थानमा यथावत रह्यो ।
अर्को खेलमा वार्टफोर्डले नर्विच सिटीलाई २–१ ले हरायो । वार्टफोर्डका क्रेग डावसन र ड्यानी वेलबेकले गोल गरे । नर्विचका एमिलियानो बेन्डियाले एक गोल फर्काए । तालिकाको पुछारमा रहेको नर्विचबिरुद्ध जित निकाल्दै वार्टफोर्डले आफुलाई रेलिगेशन जोन भन्दा ४ अंकले माथि राख्यो । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments