काठमाडौं। ईडेन हजार्डले एथ्लेटिक बिल्बाओबिरुद्धको खेल गुमाउने भएका छन् । रियल मड्रिडका प्रक्षिक जिनेदिन जिदानले समाचारको पुष्टि गर्दै हजार्ड एथ्लेटिकबिरुद्ध खेल्न पूर्ण रुपमा फिट नभएको बताएका छन् ।
बेल्जियमका अन्तराष्ट्रिय खेलाडी हजार्डले स्प्यानियोलबिरुद्ध प्राप्त १–० को जितमा प्रभाव छाडेका थिए । तर बिहिबार गेटाफेबिरुद्धको खेलमा उनी मैदान उत्रिएनन् ।
एथ्लेटिकोबिरुद्ध जित निकालेको खण्डमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासंग ७ अंकको अग्रता लिनेछ । सोही कारण पूर्ण रुपमा फिट नभएका हजार्डबिरुद्ध कुनै जोखिम नलिने प्रशिक्षक जिदानले बताएका छन् । उनी सिजन सक्नु अघि हजार्ड मैदान फर्किएको हेर्न ईच्छुक छन् ।
‘हजार्डले कठिन दिन बिताईरहेका छन् । हामी कुनै प्रकारको जोखिम लिन चाहदैनौ । उनी सहमत समेत छन् ।’ जिदानले भने, ‘आशा गरौ, यो निकै सानो चिज छ । हामी उनलाई सिजन सक्नु अघि मैदान देख्न चाहन्छौ ।’
‘उनी तीन वा चार दिन बाहिर रहनेछन् । आशा गरौ उनी चाँडै निको हुनेछन् । यो निकै कडा चुनौती रहेको छ । अरु कुरा चिकित्सकलाई थाहा छ । उनीहरु निकै सक्षम छन् । स्प्यानियोलबिरुद्ध एक झट्का लागेको थियो । यो त्यही दिनको कुरा हो ।’ हजार्डको बिषयमा जिदानले भने ।
लण्डन क्लब चेल्सीबाट सय मिलियन पाउण्डमा रियल आएका हजार्डले पहिलो सिजन चोटमै बिताएका छन् । २९ बर्षिया प्लेमेकरले यस सिजन १३ खेलमा सुरुवात गर्ने मौका पाए । ‘हजार्डको यो पहिलो बर्ष हो । उनी टिमलाई सहयोग गर्न चाहन्छन् । जब उनी सकिरहेका छैनन्, उनी खुसी छैनन् ।’ जिदानले भने ।
‘मलाई लाग्दैन उनी डराएका छन् । उनी खेल्नका लागि पूर्ण रुपमा फिट हुन आवश्यक छ । जब उनी सतप्रतिशत देखिदैनन्, त्यो उनी र सबैका लागि समस्या हो । किनकी हामी उनलाई धेरै प्रेम गर्छौ ।’ जिदानले भनेका छन् । ‘मलाई आशा छ, उनी चाँडै निको भएर मैदान देखिनेछन् ।’ उनले थपे ।
रियल मड्रिडले अन्तिम पटक सन् २०१६–१७ को सिजनमा लिग उपाधि जितेको थियो । यस सिजनको लिगमा रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको रियलको ७४ अंक छ । बार्सिलोनाको ७० अंक छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments