काठमाडौं । प्रिमियर लिगले इंग्ल्यान्डको महिला फुटबललाई १ मिलियन पाउण्ड सहयोग दिने भएको छ । सन् २०२०र२१ को सिजन सुरु गर्न प्रिमियर लिगले महिला फुटबललाई उक्त सहयोग दिने भएको हो ।
प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले महिला फुटबललाई सहयोग गर्नका १ मिलियनको प्रस्ताव गरेको बताए । उक्त सहयोगले नयाँ सिजन सुरुवातबाट अन्त्यसम्म कोरोना भाईरसको परिक्षणको लागतलाई पूर्ति गर्ने बताईएको छ ।
कोरोनाको कारण इंग्ल्यान्डको वुमन्स सुपर लिग र च्याम्पियनसिप सिजन मार्चबाट स्थगित भएको थियो । सुपर लिग भने रद्द गरिएको छ । लिग रद्द भएपछि चेल्सी वुमन्स टिमले उपाधि जितेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १७ बुधबार
Comments