काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेका चार वटा समितिलाई पूर्णता दिएको छ। क्यानले प्रशान्त विक्रम मल्ललाई प्रतियोगिता समितिको संयोजक तोकेको थियो। समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टले सदस्यको जिम्मेवारी पाएका छन्।
समितिले यसअघि क्यानले संचानल गर्ने प्रतियोगिताहरू प्रस्ताव गरेको थियो। तर लकडाउनका कारण प्रस्तावले मूर्तरुप पाउन सकिरहेको छैन। खयस्तै प्राविधिक समितिमा संजयराज सिंह संयोजक रहदा वीरेन्द्रबहादुर चन्द, अमितविर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङलाई सदस्य तोकिएको छ।
आर्थिक समितिमा रोशनकुमार सिंह संयोजक छन् भने माधव कर्माचार्य र दुर्गाराज पाठकलाई सदस्यको जिम्मेवारी दिइएको छ। मिडिया समितिमा क्यान सचिव अशोकनाथ प्याकुरेल संयोजक छन् भने भानुभक्त सिग्देल सदस्य छन्।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments