काठमाडौं । चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।
लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।
यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments