काठमाडौं । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ हनर’ दिने बताएका छन् । ग्वार्डिओलाले बिहीबार इथ्हार्ड रंगशालामा सिटीका खेलाडीहरुले लिभरपुललाई सम्मान दिने बताएका छन् ।
चेल्सीसँग सिटी २–१ गोलले पराजित हुँदा ३० वर्षपछि पहिलो पटक लिभरपुलले लिग उपाधि उचालेको थियो । ‘पक्कै पनि हामी गार्ड अफ अनर दिन्छौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो अविश्वसनिय सफलताका लागि लिभरपुललाई हामी हाम्रो घरेलु मैदानमा सम्मान गर्न चहान्छौं । उनीहरु यसको लायक छन् ।’
सिटीमा ग्वार्डिओलाको सम्झौता २०२१मा सकिँदैछ । पाँच सिजन म्यान्चेस्टरमा विताएका उनको बेलायत बसाई बार्सिलोना बसाई भन्दा लामो छ । क्लब बसाई टुङ्गीदै जाँदा पनि उनले आफु क्लबसँग सन्तुष्ट रहेको बताएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments