काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति एट्लेटिको मड्रिडले महत्वपूर्ण जित आत्मसाथ गर्यो । घरेलु मैदानमा एट्लेटिकोले डिपोर्टिभो आल्भेसलाई २–१ ले पाखा लगायो ।
साउल निगुईजले हेडमार्फत एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका लागि डिएगो कोस्टाले पेनाल्टीमा थप एक गोल गरे । पाहुना टोलीका जेसिलोले दोस्रो हाफको ईन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए ।
जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको यात्रामा ठुलो कदम चालेको छ । उसले अर्को सिजन च्याम्पियन्स लिग छनोटको दौडमा आफुलाई बलियो स्थितीमा पुर्याएको छ ।
प्राप्त जितले एट्लेटिकोको आत्मविश्वास समेत बढाएको छ । उसले अर्को खेलमा बार्सिलोनासग प्रतिस्पर्धा गर्दैछ । उपाधि होडमा रहेको बार्सिलोनाले पछिल्लो खेलमा सेल्टा डी भिगोसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
एट्लेटिको मड्रिडको पछिल्लो लयले उपाधि होडमा रहेको बार्सिलोनालाई आगामी खेलमा कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
तेस्रो स्थानको एट्लेटिकोले ३२ खेलमा ५८ अंक जोड्यो । क्लबले चौथो स्थानको सेभिल्लासंग ४ अंक र पाँचौ स्थानको गेटाफेसंग ९ अंकको अग्रता कायम गर्यो । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments