काठमाडौं । बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की बुन्डेसलिगाको ुप्लेयर अफ दी सिजनु घोषित भएका छन् । बायर्नलाई यस सिजनको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्कीले बुन्डेसलिगाको ुप्लेयर अफ द सिजनुको अवार्ड हात पारेका हुन् ।
उनी बुन्डेसलिगामा ११ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बने । लेवान्डोस्कीले जर्मनको शीर्ष डिभिजनका सबै क्लबबिरुद्ध गोल गरेका छन् ।
उनले यस सिजन समेत ३३ लिग गोल गर्न सफल रहे । उनी बुन्डेसलिगाका ५ सिजनमा ४ सिजन सर्वाधिक गोलकर्ता रहे । बोरुसिया डर्टमण्डका जाडोन साञ्चो र बायर लिभरकुसनका काई हाभर्टज तेस्रो खेलाडी बने ।
समर्थन र बिज्ञको भोटका आधारमा लेवान्डोस्कीले ५० प्रतिशत भन्दा बढी भोट प्राप्त गरे । बायर्नले लगातार आठौंं सिजन बुन्डेसलिगाको उपाधि उचालेको छ । ३१ बर्षिया फरवार्ड लेवान्डोस्की करियरकै उच्च फर्ममा देखिएका छन् ।
‘म करियरको उच्च फर्ममा छैन, चाँडै देखिन सक्छु । यो सबै मात्र अंकहरु हुन् ।’ लेवान्डोस्कीले फ्रान्स फुटबलसंग भनेका छन् । ‘मलाई विश्वास छ, म करियरको उच्च लयमा चाँडै देखिनेछु । यो मेरो अन्तिम सम्झौता पनि हैन । म लामो समय खेल्न चाहन्छु र आफ्नो गतिलाई कायम राख्न चाहन्छु ।’ उनले भने ।
‘भविष्यको बिषयमा सोच्नका लागि मसंग पर्याप्त समय छ । तर वास्तवमा मैले राम्रो महशुश गरिरहेको छु । म आउने अगष्टमा आफ्नो ३२ औं जन्मदिन मनाउन गईरहेको छु । तर यसको मतलब यो हैन कि मैले यस उमेरको महशुश गरिरहेको छु ।’ लेवान्डोस्कीले भनेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १३ शनिबार
Comments