काठमाडौं । करिम बेन्जिमा चम्किएको खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । बिहिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ३–० को जित निकालेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा रियल गोल थपेको हो । बेन्जिमाले ६१ औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । ईडेन हजार्डले उपलब्ध गराएको पासमा बेन्जिमाले रियललाई अग्रता दिलाएका थिए ।
मार्को एसेन्सियोले ७४ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे । ८६ औं मिनेटमा बेन्जिमाले भलीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सहज जित दिलाए ।
बेन्जिमा रियल मड्रिडबाट सर्वाधिक गोल गर्ने पाँचौ खेलाडी बने । ३२ बर्षका बेन्जिमाले रियलबाट सबै प्रतियोगितामा २ सय ४३ गोल गरेका छन् ।
जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनामाथि दबाब कायम राखेको छ । रियलले २९ खेलबाट ६२ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोना मात्र दुई अंकले रियल भन्दा अगाडी छ । भ्यालेन्सिया ४३ अंक सहित आठौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ५ शुक्रबार
Comments