काठमाडौं । जोआओ फिलिक्स चम्किएको खेलमा एट्लेटिको मड्रिडले ओसासुनामाथि शानदार जित निकालेको छ । बुधबार राति पोर्चुगलका फरवार्ड फिलिक्सले दुई गोल गरेको खेलमा एट्लेटिकोले ५–० को शानदार जित निकालेको हो ।
२० बर्षिया पोर्चुगलका फरवार्ड कीर्तिमानी १ सय १३ मिलियन पाउण्ड सहित बेन्फिकाबाट गत जुलाईमा स्पेन आएका थिए । एट्लेटिकोका तीन गोल खेलको अन्तिम ११ मिनेटमा सम्भव भएको थियो । एट्लेटिकाको जितमा मार्कोस लौरेन्टी, अल्भारो मोराटा र यानिक कारास्कोले समान एक एक गोल गरेका थिए ।
तलिकाको छैटौ स्थानमा रहेको एट्लेटिको चौथो स्थानमा उक्लियो । सिजनकै ठुलो जित आत्मसाथ गरेपछि एट्लेटिको तेस्रो स्थानको सेभिल्ला भन्दा दुई अंकले पछाडी छ ।
लिगमा अझै ९ चरणका खेल बाँकी छन् । जुलाई १ मा एट्लेटिको बार्सिलोनाको भ्रमणमा निस्कनेछ । बन्द रंगशालामा अबरुद्ध लिग सुरु भएसंगै एट्लेटिकोले पछिल्ला दुई खेलमा चार अंक बटुलेको छ । ओसासुना तालिकाको ११ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ४ बिहिबार
Comments