काठमाडौं । कोरोना भाईरस महामारीको कारण स्थगित प्रिमियर लिग फुटबल आज (बुधबार) बाट सुचारु हुँदैछ ।
कोरोनाले मार्चबाट स्थगित लिग ३ महिनापछि सुचारु हुन लागेको हो । लिग सुचारु पछिको पहिलो दिन दुई खेल हुनेछ ।
प्रिमियर लिगमा बुधबार एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ । लिगको दोस्रो स्थानमा रहेको सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।
दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । घरेलु मैदानमा सिटी आर्सनललाई हराउँदै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा रहने छ ।
सिटी लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ । च्याम्पियन बन्न लिभरपुललाई मात्र २ जितको आवश्यकता रहेको छ । २८ खेलबाट सिटीको ७५ अंक रहदा २९ खेल खेलेको लिभरपुलको ८२ अंक अहेको छ ।
आर्सनल ४० अंक जोडेर नवौं स्थानमा रहेको छ । सिटीको मैदानमा जित निकाल्दै आर्सनल अंक तालिका सुधार गर्न चाहन्छ । यस्तै एस्टन र सेफिल्डबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । २५ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । ४३ अंक जोडेको सेफिल्ड सातौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ३ बुधबार
Comments