काठमाडौं । टोटेनहमका प्रशिक्षक जोसे मौरिन्होले ब्राजिली कप्तान थियागो सिल्भालाई अनुबन्धन गर्न चाहेका छन् । यसै सिजन फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी छाड्न लागेका सिल्भालाई मौरिन्होले अनुबन्धन गर्न चाहेका हुन् । पीएसजीसंग सिल्भाको सम्झौता यस सिजन सकिदैछ ।
सिल्भालाई प्रिमियर लिग क्लब एभर्टन र आर्सनलले समेत अनुबन्धन गर्न चाहेका छन् । ईङ्लिस मिडियाका अनुसार मौरिन्होले ३५ बर्षिया डिफेन्डर सिल्भालाई जान वर्थोन्घेनको स्थानमा प्रतिस्थापन गर्न चाहेका छन् ।
सिल्भाले यस सिजन पीएसजीबाट ३० खेल खेलेका थिए । कोरोना भाईरसको महामारीका कारण फ्रेन्च लिग पुरा हुन पाएन । उनले क्लब छाड्न अघि क्लबलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् ।
पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाईनलमा रहेको छ । उसले अन्तिम १६ को खेलमा बोरुसिया डर्टमण्डलाई हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको हो । पीएसजीका खेल निर्देशक लियोनार्दोले सिल्भाले सम्झौता नविकरण नगरेको भन्दै सिजनको अन्त्यसंगै उनले क्लब छाड्ने जानकारी गराएका थिए ।
सिल्भाले पेरिस छाड्न बताएसंगै युरोपका ठुला क्लब उनलाई अनुबन्धन गर्न ईच्छा गरिरहेका छन् । टोटेनहम तीनै मध्यको एक क्लब हो । उनी ब्राजिली फुटबलमा उत्कृष्ट डिफेन्डर समेत रहेका छन् । एभर्टन र आर्सनल समेत आफ्नो रक्षापङ्ती बलियो बनाउन सिल्भालाई अनुबन्धन गर्न जोड गरिरहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १ सोमबार
Comments