काठमाडौं । साविक विजेता बायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।
बायर्नको जितमा इभान पेरिसिच र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । फ्रान्कफुर्टका डा कोस्टाले एक गोल फर्काए । घरेलु मैदानमा खेलको १४ औं मिनेटमा इभानको गोलबाट अग्रता बनाएको थियो । ६९ औं मिनेटमा डा कोस्टाले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को जित दिलाए । यस सँगै उनले यस सिजन आफ्नो गोल संख्या ४५ पुर्र्याएका छन् । बायर्न लगातार तेस्रो सिजन जर्मन कपको फाइनलमा पुगेको हो । अब उपाधिका लागि बायर्नले बायार लेवरकुसनसँग खेल्नेछ । बायर्न र लेवरकुसनको फाइनल खेल जुलाई ४ मा बर्लीन ओलम्पिक स्टेडियममा हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २९ बिहिबार
Comments