काठमाडौं । स्टोक सिटीका प्रशिक्षक माईकल ओनीललाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अन्तिम चरणको परिक्षणमा प्रशिक्षक ओनीललाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
प्रशिक्षकमा कोरोना देखिएपछि मंगलबार सूचना जारी गर्दै स्टक र युनाईटेडको खेल रद्ध गरिएको थियो । स्टोक युनाईटेडको केरिङटोन अभ्यास मैदानमा पुगेको थियो । उनी एकेडेमीको भवनमा रहेको समय कोरोना भएको जानकारी पाएका थिए ।
५० बर्षको ओनील अघिल्ला पाँच चरणको परिक्षणमा नतिजा नेगेटिभ आएको थियो । स्टोकले नर्दन आयरल्याण्डका पूर्व प्रशिक्षकले नियमको पालना गर्दै एकान्तबासमा जाने बताएको छ । च्याम्पियनसिप क्लबले मंगलबार घटनाको पुष्टि गर्दै ओेनील आफ्ना प्रशिक्षक स्टाफ र खेलाडीसंग नियमित रुपमा सम्पर्कमा रहेको बताएको छ ।
सहायक प्रशिक्षक बिली म्याककिन्लले प्रशिक्षणको जिम्मेवारी सम्हालेका छन् । उनले जुन २० मा रिडिङबिरुद्ध हुने खेलको तयारी गराउनेछन् । स्टोक सिटी च्याम्पियनसिपको १७ औं स्थानमा छ । क्लब रेलिगेशन जोन भन्दा तीन अंकले माथि छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २८ बुधबार
Comments