काठमाडौं । बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले लियोनल मेस्सी पूर्ण रुपमा फिट रहेका बताएका छन् । मेस्सीको शारीरिक अवस्थाबारे जानकारी दिदै सेटियनले मेस्सी पूर्ण रुपमा निको रहेको बताएका हुन् ।
लिग लिडर बार्सिलोनाले प्रतिद्धन्दी रियल मड्रिडसंग दुई अंकको अग्रता लिएको छ । लिगमा ११ चरणका खेल खेल्न बाँकी रहेका छन् । बार्सिलोनाले जुन १३ मा मार्लोकासंग खेल्दै लिगको सुरुवात गर्दैछ ।
लगत्तै बार्सिलोनाले तीन दिनमा लेगानेससंग खेल्न पर्नेछ । जुन २१ म सेभिल्लासंग खेल्न अघि बार्सिलोनाले केही दिन बिश्राम पाउनेछ ।
व्यस्त तालिका भएपनि बार्सिलोनाका प्रशिक्षक सेटियन ६ पटकका वालेन डी ओर खेलाडीलाई लिएर चिन्तित छैनन् ।
‘मेस्सीले मात्र हैन, अन्य खेलाडी समेत प्रशिक्षणमा सहभागी छैनन् । उनीहरु चिन्तित जस्ता देखिन्थे ।’ सेटियनले भनेका छन्, ‘यो उनी सहित धेरैलाई भएको छ ।’
‘मेस्सी केही चिन्तित छन् । त्यो धेरै महत्वपूर्ण छैन । मलाई लाग्छ, उनी पूर्ण रुपमा ठिक छन् । र उनलाई कुनै समस्या हुने छैन ।’ उनले थपे ।
‘यो कुनैपनि खेलाडीका लागि समान बिषय हो । हामी हेर्नेछौ, लिग कस्तो हुनेछ र कस्तो परिस्थिती आउनेछ ।’ उनले भने ।
‘हामीसंग धेरै खेल छ । र सानो टिम छ । म सधै मेस्सी मैदानमा भएको देख्न चाहन्छु ।’ सेटियनले भनेका छन् ।
मेस्सी १९ गोल सहित ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् । रियल मड्रिडका करिम बेन्जिमाले उनलाई १४ गोल सहित पछ्याईरहेका छन् ।
बार्सिलोना मेस्सीको फिटनेसमा केन्द्रित देखिएको छ । उरुग्वेका स्टार लुईस स्वारेज चोट मुक्त हुदै मैदान फर्कदैछन् । जसले बार्सिलोनालाई थप उर्जा दिनेछ ।
बार्सिलोनाले समेत पछिल्लो हप्ता स्वारेज पूर्ण रुपमा निको भएको भन्दै मार्लोकाबिरुद्धको खेलमा मैदान उत्रने बताएको थियो । स्वारेज जनवरीपछि पहिलो पटक बार्सिलोनाको टिममा फर्कन लागेका हुन् ।
खुट्टाको शल्यक्रिया पछि स्वारेज पछिल्ला ५ महिना मैदान बाहिर रहेका थिए । उनी यस सिजनको अन्तिमसम्म मैदान बाहिर रहने बताईएको थियो । तर कोरोना भाईरसका कारण यस बर्षको सिजन लम्बिए संगै स्वारेज मैदान फर्कन लागेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २६ सोमबार
Comments