काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका विंगर एन्जल डी मारियाले आफु क्लबमा खुशी रहेको बताएका छन् । फ्रान्सको एक पत्रिकासँग कुरा गर्दै डी मारियाले पेरिसमा आफु खुशी रहेको र पीएसजीबाट करियरको अन्त्य गर्न चाहेको बताएका छन् ।
सन् २०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट क्लब आएका डी मारिया सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलेको थियो । तर, पीएसजीले डी मारिया नबेच्ने निर्णय गरेको थियो ।
बार्सिलोनाले मलाई चाहेको थियो । दुई क्लबबीच छलफल भयो । पीएसजीले मलाई बेच्न चाहेन र त्यो समाप्त भयो, डी मारियाले भने, क्लब छाड्नु राम्रो कुरा थिएन । त्यो बेलाका झुटहरुले मलाई रिस उठ्थ्यो । आज म पेरिसमा धेरै खुशी छु ।
अर्जेन्टिनाका विंगर डी मारियाको क्लबसँगको सम्झौता आगामी वर्षसम्म रहेको छ । यस सिजन उनले ३७ खेलमा १२ गोल गरेका छन्। ३२ वर्षीय विंगरले त्यस समय आफुले क्लब छाडेको हेर्न चाहनेहरु धेरै भएको समेत बताए । म पेरिसमा खुशी थिए । तर, त्यस समय क्लबका मानिसहरुले केहि चिज भने त्यो अन्त्यमा झुटो साबित भयो, डी मारियाले थपे ।
प्रकाशित मितिः २०७७ जेठ २४ शनिबार
Comments