काठमाडौं । अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले विरोध जनाएका छन् । चेल्सीका खेलाडीले मंगलबार फ्लोयड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।
चेल्सीका खेलाडीले प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन् । यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए । त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए ।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो । प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो । काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २१ बुधबार
Comments