काठमाडौं । टिमो वार्नरले बुन्डेसलिगामा यस सिजन मात्र २५ गोल पुर्याएको खेलमा आरबी लाईपेजिगले कोल्नलाई ४–२ ले हराएको छ । आईतबार भएको खेलमा घरेलु टोली कोल्नबिरुद्ध जित निकाल्दै लाईपेजिग बुन्डेसलिगाको तेस्रो स्थानमा उक्लिएको छ ।
दोस्रो हाफमा ७ मिनेटको अन्तरमा दुवै टिमबाट तीन गोल हुँदा वार्नरले समेत गोल गर्न सफल रहे । लिगमा पाँच चरणको खेल बाँकी छँदा लाईपेजिग दोस्रो स्थानको डर्टमण्डभन्दा मात्र दुई अंकले पछाडी छ ।
खेलको सातौ मिनेटमा जोन कार्डोबाले गोल गर्दै घरेलु टोली कोल्नलाई अग्रता दिलाए । प्याट्रिक स्किकले २० औं मिनेटमा खेल बराबरीमा ल्याए ।
क्रिस्टोफर नेकुन्कुले ३८ औं मिनेटमा पाहुना टोली लाइपजिगलाई २–१ को अग्रता दिलाए । टिमो वार्नरले ५० औ मिनेटमा लाईपेजिगलाई ३–१ को स्थितीमा पुर्याए ।
एन्थोनी मोडस्टेले ५५ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर ड्यानियल ओलमोले ५८ औं मिनेटमा गोल गर्दै लाईपजिगको जित सुनिश्चित गरेका थिए ।
पछिल्लो जितसंगै लाईपेजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डबिरुद्ध दबाब बढाएको छ । डर्टमण्डको ६० अंक हुदाँ लाईपेजिगको ५८ अंक छ । कोल्न ३४ अंक सहित तालिकाको ११ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २० मंगलबार
Comments