काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डीसँग सम्झौता गरेको छ। इकार्डी इटालीयन क्लब इन्टर मिलानबाट पिएसजी गएका हुन्।
उनीसँग ६० मिलियन युरोमा सम्झौता भएको हो। सन् २०१९–२० को सिजनका लागि इन्टरबाट लोनमा पिएसजीमै रहेका इकार्डी अब चार वर्षका लागि पेरिसमा रहनेछन्।
इकार्डीसँग सम्झौता गरेपछि पिएसजीले स्थायी सम्झौता गर्न पाउँदा खुसी लागेको बताएको छ। अर्जेन्टिनाको रोसारियो शहरमा जन्मिएका इकार्डी पिएसजीमा आबद्ध हुने १६औं अर्जेन्टाइन खेलाडी बनेका छन्।
उनले यसअघि लोनबाट पिएसजीमा रहदा ३१ खेल खेलका थिए। उनले पिएसजीका लागि २० गोल गर्दा चार पास गोलका लागि उपलब्ध गराए। उनले यसअघि इन्टरमा ६ सिजन बिताएका थिए।२७ वर्षीय स्ट्राइकर इकार्डीले देशका लागि ८ अन्तर्राष्ट्रिय खेल खेलका छन्। एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १९ सोमबार
Comments