काठमाडौँ। इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका खेलाडी र स्टाफ गरि १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
च्याम्पियनसिपका २४ क्लब मध्ये ८ क्लबका १० खेलाडी र स्टाफमा कोरोना देखिएको हो । कुल १ हजार ५८ जनामा बिहिबार र शुक्रबार गरिएको परिक्षणमा १० जनामा कोरोना देखिएको इंग्लिस फुटबल लिगले जनाएको छ । क्लब र कोरोना पोजेटिभ देखिएकाको नाम भने गोप्य राखिएको छ ।
प्रिमियर लिगका खेलाडीमा भने कोरोना नदेखिएको बताईएको छ । कोरोनाको कारण गत मार्चबाट च्याम्पियनसिप स्थगित गरिएको छ । तर, अर्को महिनाबाट च्याम्पियनसिप सुचारु गर्ने तयारी भईरहेको छ । यस्तै लिग टु क्लबका १ सय ३५ खेलाडीमा परिक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको बताईएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १८ आइतबार
Comments