काठमाडौं । क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् । फोब्सले सार्वजनीक गरेको सुचि अनुसार पोर्चुगलका खेलाडी रोनाल्डोले सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।
आम्दानीको हिसाबले उनले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्न सफल रहे । टेनिस खेलाडी रोजर फेडेरर सर्वाधिक कमाई गर्ने खेलाडी बन्दा युरोपेली क्लब फुटबलका ठुला स्टार रोनाल्डो दोस्रो र मेस्सी तेस्रो स्थानमा रहे ।
रोनाल्डोको आम्दानी ८५ मिलियन पाउण्ड देखिएको छ । मेस्सीले ८४ मिलियन पाउण्ड आम्दानी गरेका छन् । मेस्सीलाई १ मिलियन पाउण्डले पछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।
यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०का स्टार नेयमार सर्वाधिक कमाई गर्ने तेस्रो फुटबलर बने । उनले आम्दानी ७७ मिलियन पाउण्ड देखिएको छ ।
मेस्सी र रोनाल्डोको बार्षिक आम्दानीमा ठुलो रकमले गिरावट आएको छ । गत बर्षभन्दा उनीहरुको आम्दानी ९ प्रतिशत घटेको देखिएको छ । कोरोना महामारीका कारण दुवै फुटबलरको तलब कटौती भएको थियो ।
युभेन्ट्सका सुपरस्टार रोनाल्डोको फेसबुक र ईन्स्टाग्राममा धेरै प्रशंसक रहेका छन् । उनले ठुलो रकम प्रायोजनबाट समेत प्राप्त गर्दै आएका छन् ।
गत बर्षको वालेन डी ओरमा रोनाल्डोलाई पछाडी पारेका मेस्सीले हप्तामा करिब २ मिलियन आम्दानी गर्दै भएका छन् । सोही कारण फेब्सको सुचिमा समेत उनी तेस्रो नम्बरमा अटाएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १८ आइतबार
Comments