काठमाडौं । जापानको ब्यवसायीक फुटबल जुलाईको पहिलो साताबाट सुरु हुने भएको छ । शीर्ष डिभिजनको जे लिग सहित जापानी लिग फुटबल जुलाई ४ बाट सुरु गर्ने घोषणा गरिएको हो ।
कोरोनाकै प्रभावका बीच सुरु हुन लागेको लिगका सम्पूर्ण खेल बन्द रंगशालामा खेलाईनेछ । दर्शकलाई रंगशाला प्रवेशमा निषेध गरिनेछ ।
जे लिगले चार महिनाको निलम्बन पछि फुटबल खेल सुरु गर्न लागिएको जानकारी दिएको छ । लिगका अध्यक्ष मितसुरई मुराईले जुलाई ४ बाट पहिलो श्रेणीको फुटबल सुरु गर्न लागिएको बताए ।
‘हामीले पहिलो श्रेणीका लागि जुलाई ४ मा खेल राख्ने निर्णय गरेका छौ ।’ उनले भनेका छन् । ‘जुलाईको पहिलो साता फुटबल सुरु गर्नुको अर्थ दर्शकलाई रंगशाला प्रवेश गर्न दिनु निकै चाँडो हुनेछ ।’ उनले थपे ।
मुराईका अनुसार अन्य श्रेणीको फुटबल समेत जुन अन्तिमसम्म सुरु हुनेछ । एसियाको प्रतिष्ठित लिग सुरु भएसंगै अन्य फुटबल समेत सुरु हुने अपेक्षा गरिएको छ । युरोपका शीर्ष डिभिजनका प्राय सबै लिग जुलाईबाट सुरु गर्ने तयारी गरिएको छ ।
जर्मन बुन्डेसलिगाका खेल सुरु भईसकेका छन् भने ला लिगा, प्रिमियर लिग र सिरि एले समेत अबरुद्ध सिजन सुरु गर्ने मिति घोषणा गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १७ शनिबार
Comments