काठमाडौं । चेल्सी मिडफिल्डर एन–गोलो कान्टे व्यक्तिगत अभ्यासमा फर्किएका छन् । कोरोनाको डरका कारण बेग्लै बसेका कान्टे चेल्सीको अभ्यासमा फर्किएका हुन् ।
२९ बर्षका फ्रान्सेली मिडफिल्डरले मे १९ मा भएको पहिलो सत्रको अभ्यासमा सहभागी भएका थिए । लगत्तै उनी क्लबसंग बेग्लै रहेर घरमा अभ्यास सुरु गर्न थालेका थिए । भर्खरै उनले क्लबमा व्यक्तिगत अभ्यास सुरु गरेका हुन् ।
सन् २०१८ को एक प्रशिक्षण सत्रमा कान्टे बेहोश भएका थिए । जसले टिमका अन्य साथीमा चिन्ता थपेको थियो । सोही बर्ष उनका भाईको ह्दयघातका कारण निधन भएको थियो ।
सरकारी तथ्याङ्ग विभागका अनुसार कोरोनाका कारण ईङ्ल्याण्ड र वेल्समा गोरो मानिसको तुलनामा अश्वेत पुरुष र महिलाको मृत्यु दोब्बरले बढी छ ।
सोही अनुसार कान्टेले घरमै प्रशिक्षण गर्न सुरु गरेका थिए । लगत्तै वाटफोर्डका कप्तान ट्रोय डेनीले समेत सोही प्रक्रिया अपनाएका थिए ।
प्रिमियर लिगका क्लबले अहिले दोस्रो चरणको अभ्यास सत्र सुरु गरेका छन् । बिहिबारमात्र प्रिमियर लिगको अबरुद्ध सिजन जुन १७ बाट सुरु गर्ने बताईएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १६ शुक्रबार
Comments