काठमाडौं । ईटालियन सिरि ए फुटबल जुन २० बाट सुरु हुने पक्का भएको छ । ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले यसको पुष्टि गर्दै कोरोना भाईरसको महामारीका कारण अबरुद्ध बनेको फुटबल जुन २० बाट सुरु हुने बताएका हुन् ।
सिरि ए मार्च ९ मा स्थगित गरिएको थियो । युभेन्ट्सले लिग तालिकाको अग्रता लिएको छ । लिगमा अब १२ चरणका खेल बाँकी रहेका छन् । यस महिनाको सुरुवातमै खेलाडीहरुले ब्यक्तिगत अभ्यास सुरु गरिसकेका छन् । समुह चरणको अभ्यास यसै हप्ताबाट सुरु हुनेछ ।
ईटालियन फुटबल महासंघले मे २० मा लिग सुरु गर्ने र अगष्ट २० मा लिग सक्ने योजना सार्वजनीक गरेको थियो । महासंघले शीर्ष तीन वटा डिभिजनको लिग सक्ने लक्ष्य सहित सुरु गर्ने र पुन सुरु गर्ने वा बन्द गर्ने अवस्थामा प्ले अफको समेत विकल्प तयार गरिएको बताएको छ ।
सिरि एको पुछारको क्लब मासिमो सेलिनोले अबरुद्ध सिजन पुन सुरु गर्ने कदमलाई पागल निर्णय भनेर प्रतिक्रिया दिएको थियो । ‘यो खेलाडीका लागि धेरै भएको हो ।’ उसले भनेको थियो ।
‘हामी दुई महिनाबाट अभ्यास रोकेका छौ । हप्तामा दुई खेल खेल्ने निर्णय खतरनाक छ । चोटको बिषयमा म निकै चिन्तित छु । जर्मनीको तुलनामा ईटालीमा तापक्रम समेत प्रतिकुल छ ।’ क्लबले भनेको ।
सिरि एमा युभेन्ट्स ६३ अंक सहित शीर्ष स्थानमा छ । उसले लिगमा लाजियोसंग एक अंकको अग्रता लिएको छ । ईन्टर मिलान ५४ अंक सहित तेस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १६ शुक्रबार
Comments