काठमाडौं । स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुरु गर्ने र जुलाई १९ मा सकिने भएको छ । कोरोना भाईरसको महामारीका कारण अबरुद्ध बनेको सिजनको बाँकी खेल सुरु गर्ने र अन्त्य गर्ने समयको टुङ्गो लागेको हो ।
ला लिगा अध्यक्ष जाभियर तेबासले बिहिबार भएको क्लबको बैठकमा प्रतियोगिता जुन ११ मा सुरु भएर जुलाई १९ मा सकिने जानकारी गराएका हुन् ।
उनले सेभिल्ला र रियल बेटिस तथा रायो भालेकानो र अल्बासिटबीको खेलबाट प्रतियोगिता सुरु गरिने बताए । यस्तै, ला लिगाले तत्काल दोस्रो डिभिजनको लिग भने स्थगित अवस्थामै हुने जनाएको छ ।
अध्यक्ष जाभियर तेबासले हरेक दिनको बिश्रामपछि खेल हुने जानकारी गराएका छन् । स्पेनिस फुटबल महासंघ र ला लिगाबीच सिजनको बाँकी खेलको तालिकामा सहमती जुटेको छ ।
यस्तै, लिगका सबै खेल बन्द रंगशालामा हुनेछ । खेलको दौरान प्रत्यक्ष प्रशारण हेरिरहेका समर्थकले दर्शकको आवाज समेत सुन्न पाउनेछन् । खेलको दौरान दर्शकले पुरानो आवाज सुन्न सकिने व्यवस्था गरिएको ला लिगाले जनाएको छ ।
ला लिगमा २७ चरणको खेल सम्पन्न भईसकेका छन् । लिगमा अब १८ चरणका खेल बाँकी छन् । बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । रियल मड्रिड ५६ अंक सहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १६ शुक्रबार
Comments