काठमाडौं । आरबी आइपजिगले बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । बिहिबार राति घरेलु मैदानमा हेरर्था बर्लिनसंग २–२ गोलको बराबरी खेल्दै लाइपजिगले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको हो ।
जित हासिल गरेको अवस्थामा लाइपजिगले तालिकाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डलाई उछिन्ने थियो ।खेलको नवौं मिनेटमा लिभरपुलका लोनका खेलाडी मार्को ग्रुजिकको गोलबाट पाहुना टोली हेरर्थाले अग्रता बनाएको थियो । २४ औं मिनेटमा लुकास क्लोस्टरम्यानले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६३ औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै मार्सेल हैल्स्टनबर्गले मैदान छाडेपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो । प्याट्रिक स्किकले ६८ औं मिनेटमा गोल गर्दै घरेलु टोली लाइपजिगलाई खेलमा २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि क्रिज्सटोफ पीएटेकले पेनाल्टीमा गोल गर्दै घरेल टोलीसंग अंक खोस्न सफल रहे ।
बराबरीको नतिजासंगै तेस्रो स्थानको लाइपजिगको ५५ अंक भएको छ । हेरर्थाको ३५ अंक सहित दशौं स्थानमा छ । गए रातिनै भएको अर्को खेलमा युनियन बर्लिन र माइन्जले १–१ र अउग्सवर्ग र पार्डाबोनले गोल रहित बराबरी खेल्दै अंक बाँडे । डुसलडोर्फले साल्केलाई २–१ ले हराउँदा होफेनहाइमले कोल्नलाई ३–१ ले हरायो । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १५ बिहिबार
Comments